कीवर्डहरू -

सजेस्टेड पोष्ट फिचरको परीक्षण गर्दै इन्स्टाग्राम

सजेस्टेड पोष्ट फिचरको परीक्षण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले फिड भरि ‘सजेस्टेड पोष्ट’ राख्ने फिचरको परीक्षण गरिरहेको छ । यसले प्लेटफर्ममा कन्टेन्ट हेर्ने तरिकालाई परिणत गर्न सक्ने बताइएको छ । इन्स्टाग्रामले यो फिचर अहिले थोरै मान्छेहरुलाई दिएर जाँच गरिरहेको द भर्जलाई बताएको छ ।

यो ‘सजेस्टेड पोष्ट’ को फिचरले फिड भरिनै एपले देखाउने पोस्टहरु हालिदिने हुँदा कहिलेकाँही आफूले फलो गरेको मान्छे भन्दा पनि माथि इन्स्टाग्रामकै ‘सजेस्टेड पोष्ट’ आउन सक्छ ।

यो फिचरले गर्दा इन्स्टाग्रामले आफूले फलो गरेको अकाउन्टबाट आएको पोस्ट सकिएपछि इन्स्टाग्रामले तपाईलाई मनपर्न सक्ने फोटो तथा भिडियो देखाउने गर्दछ ।

यसले गर्दा प्रयोगकर्ताहरुले असिमित समयसम्म फिड स्क्रोल गरिरहन सक्छन् । यो फिचरमा प्रयोगकर्ता क कस्तो पोस्ट हेर्न रुचाउने भनेर पनि नियन्त्रण गर्न सक्नेछन् ।

कुनै निश्चित पोस्टमा प्रतिक्रिया जनाएर प्रयोगकर्ताले इन्स्टाग्रामलको सजेस्टेड पोष्ट मनपर्याे की परेन भनेर जनाउन पनि सक्नेछन् । यसमा ३० दिनका लागि कुनै पोस्ट नहेर्न पनि मिल्छ ।