कीवर्डहरू -

सार्वजनिक भयो विन्डोज ११, यस्ता छन् आकर्षक फिचर 

सार्वजनिक भयो विन्डोज ११, यस्ता छन् आकर्षक फिचर 
फोटोः द भर्ज

माइक्रोसफ्टले विन्डोज ११ सार्वजनिक गरेको छ । यो विन्डोज १० एक्स जस्तै रहेको तर अझै विकसित ओएसको रूपमा विन्डोज ११ सार्वजनिक भएको हो ।

६ वर्ष पुरानो विन्डोज टेन ओएससँगै समय बिताएपछि यो नयाँ परिवर्तनले सबैलाई उत्सुक बनाएको छ । यो नयाँ ओएस विन्डोज १० का प्रयोगकर्ताले निःशुल्क अपग्रेड गर्न पाउनेछन् ।

यसमा सेन्ट्रलाइज्ड स्टार्ट मेन्यू र कुनाहरु गोलाकार बनाइएको छ । यो परिवर्तनले पनि प्रयोगकर्ताको अनुभवलाई अझै राम्रो बनाएको छ । टास्कबार बिचमा भएर दिक्क लागेमा त्यसलाई बायाँ भागमा पनि राख्न सकिन्छ ।

विन्डोज ११ को स्टार्ट मेन्यूमा पनि परिवर्तन ल्याइएको छ । अर्काे नयाँ फिचर भनेको स्न्याप ग्रुप हो जुन एपहरुको सकंलन हो । यसलाई टास्कबारबाट पहुँच पाउन सकिन्छ ।

हामी सबैले एकैचोटि धेरै एपहरु प्रयोग गर्ने गर्दछौँ त्यही कारणले यो फिचर माइक्रोसफ्टको तर्फबाट स्मार्ट फिचर मानिएको छ ।

स्न्याप ग्रुपले गर्दा स्ल्याक, टिम्स र क्रोम जस्ता एपहरुलाई एकैठाउँमा राख्नलाई मद्दत पुग्ने छ । यसमा वेबमा आधारित विडजेटहरु पनि राखिएको छ जसले स्थानीय मौसम र क्यालेन्डरको एक झलकमै जानकारी दिने गर्दछ ।

मल्टिमनिटर विन्डो प्रयोगकर्ताहरुका निम्ति विन्डोज ११ ले केही राम्रो फिचरहरु ल्याउने भएको छ । यसले गर्दा मल्टिपल डिस्प्लेहरु बिच एप चलाउन सकिने छ ।

उदाहरणका लागि तपाईले ल्यापटपबाट एक्सटर्नल मनिटरलाई अफ गर्नुभयो भने सेकेण्डरी स्क्रीनका सबै एप मिनिमाइज मात्रै हुने गर्दछन् ।

ओएसले तपाईको कुनै निश्चित विन्डो कहाँ रहेको छ भनेर सम्झिन पनि सक्ने छ जसले गर्दा विशेषगरी गेमरहरुलाई रिबुट पछि पुनः काममा सजिलै फर्किन दिनेछ ।

विन्डोज ११ मा ट्याबलेट पिसी अनुभवलाई पनि अझै सुधार गरिएको छ । यसमा एपलाई रिसाईज गर्नका लागि ठूलो टच टार्गेट राखिएको छ ।

त्यस्तै टचस्क्रीनको किबोर्डमा पनि केही अपडेट आएका छन् । विन्डोज १० मा यो फुल स्क्रीनमा आउने गर्दथ्यो तर अब भने यो स्क्रीन गेमिङका लागि विन्डोज ११ ले एक्सबक्स सिरिज एक्स र एसमा जस्तै अटो एचडीआर फिचर ल्याएको छ ।

अटो एचडीआरले ओएसलाई पुरानो गेमहरुमा अझै राम्रो रङ्ग र लाईटिङ प्रयोग गर्न दिने जनाइएको छ । माइक्रोसफ्टले १ हजार भन्दा बढी गेमहरुमा एचडीआर डिस्प्ले दिने पनि बताएको छ ।

विन्डोजमा डाईरेक्ट स्टोरेज प्रविधि पनि आउने भएको छ । यसले स्टोरेज स्पीड बढाउनेछ जसले गेम खेल्दा कम्प्यूटरलाई छिटो लोड हुन मद्दत पुर्‍याउन सक्छ ।

माइक्रोसफ्ट स्टोरले अब यूनिभर्सल विन्डोज प्लेटफर्म सफ्टवेयर सँगसँगै विन ३२ एपहरु पनि आफ्नो प्लेटफर्ममा लिने भएको छ ।

एप निर्माताहरुले थर्ड पार्टी कमर्स प्लेटफर्महरुबाट पाएको पैसा पनि आफै राख्न पाउने कम्पनीले बताएको छ ।

अब विन्डोजमा एन्ड्रोइड एप पनि प्तयोग गर्न सकिने छ । माइक्रोसफ्ट स्टोरबाट एन्ड्रोइड एप डाउनलोड गर्न सकिने छ ।

माइक्रोसफ्ट टिम्स पनि विन्डोज ११ मा टास्कबारमै एकीकृत हुने भएको छ जसले सहकर्मीहरुसँग च्याट गर्नलाई अझै सहज बनाउँने जनाइएको छ ।

माइक्रोसफ्टले आउँदो हप्ता देखि प्रयोगतकर्ताहरुलाई बेटा भर्सन प्रयोग गर्न दिने पनि बताएको छ । तर विन्डोज ११ प्रयोगकर्तालाई पूर्ण रूपमा यो वर्षको अन्त्यसम्ममा प्रयोग गर्न पाउने छन् ।