वेदले खल्तीसँगको सहकार्यमा हातहातमा शिक्षा अभियान ल्याएको छ । विद्यार्थी र शिक्षकलाई लक्षित गरी वेदले हातहातमा शिक्षा अभियान शुरू गरेको हो ।
विद्यालयलाई डिजिटाइज बनाउन सिस्टम उपलब्ध गराउँदै आएको वेदको अभियान फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ ।
यस अभियानमा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडयो बनाउनुपर्ने छ । जसलाई सबैले देख्ने गरी (पब्लिक रूपमा) आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ ।
वेदको फेसबुक पेज लाइक तथा फलो गरी भिडियो पोष्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु पर्ने वेदले जनाएको छ ।
भिडियोबाट आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार प्रदान गरिने छ ।
वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।
फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स पुरस्कार दिइनेछ ।
न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ प्रदान गरिने छ ।