कीवर्डहरू -

एआइयुक्त आधुनिक स्मार्ट फोन पि २० नेपालमा

एआइयुक्त आधुनिक स्मार्ट फोन पि २० नेपालमा

स्मार्ट फोन पारखीहरूबीच बहुप्रतीक्षित स्मार्ट फोन हुवावे पि २० नेपाली बजारमा आएको छ ।

विश्वमै पहिलोपल्ट लेइका ड्युल क्यामेरा सहित बजारमा आएका हुवावे पि ९ ले स्मार्ट फोन मोवाइल फोटोग्राफीको दुनियाँमा नया पन ल्याएको थियो । जीवन्त र अद्भूत तस्वीरहरु खिच्न सक्ने पि २० नयाँ क्यामेरा एआइ प्रविधिसहित बजारमा आएको छ ।

स्मार्ट फोनको प्रयोगद्वारा व्यावसायिक फोटोग्राफरले जस्तै उत्कृष्ट तस्वीर लिन चाहनेहरुका लागि हुवावे पि २० उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।  प्रयोगकर्ताहरूलाई तस्वीरको कम्पोजिसन मिलाउन मद्दत गर्ने कृत्रिम क्षमता पनि यो स्मार्ट फोनमा उपलब्ध छ ।

यसमा १२ एमपी आरजीबीका साथसाथै २० एपमी मोनोक्रोम क्यामेरा सेटअप पनि छ । १२ एमपी सेन्सरले कैद गर्ने तस्वीरको पिक्सेल आकार १.५५ μm  सम्म पुग्छ, जसले गर्दा प्रकाश कम भएको स्थानमा पनि सजिलैसँग उत्कृष्ट तस्वीरहरु खिच्न सकिन्छ ।
\"\"
हुवावे पि २० मा २४ मेगापिक्सलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू खिच्न सकिन्छ । यसमा AI-driven 3D facial modeling प्रविधि पनि उपलब्ध छ, जसले सेल्फीप्रेमीहरुको सुन्दरतामा निखार ल्याउन मद्दत गर्छ ।

हुवावे पि २० को ५.८ इन्च स्क्रिनलाई उज्यालो बनाई भिडियो हेर्दा पनि खासै धेरै व्याट्री खर्च हुँदैन । यसमा ३४०० एमएएच व्याट्री रहेको छ, जुन चाडो गतिमा रिचार्ज हुन्छ । यसमा ४ जिबी र्याम र १२८ जिबीको रोम रहेको छ ।



रु ७४,९०० रुपैयाँमा उपलब्ध यो स्मार्ट फोन कालो र गाढा नीलो रङहरूमा उपलब्ध छ ।

यो स्मार्ट फोनका विशेषताहरूः

आकार
चौडाईः ७०.८ एमएम
उचाईः १४९.१ एमएम
गहिराईः ७.६५ एमएम
तौलः १६५ ग्राम

रङ
ट्वीलाईट, गुलाबी–सुनौलो, कालो र गाढा नीलो

डिस्प्ले
आकारः ५.८ इञ्ज
प्रकारः एलसीडी
रङः १६.७ एम रङहरू

Battery: 3400 mAh, Price: Rs. 74,900