कीवर्डहरू -

च्याटजीपीटी प्रयोगका ६ सरल टिप्स: आफूले भनेजस्तै कन्टेन्ट सजिलै प्राप्त गर्ने तरिका

च्याटजीपीटी प्रयोगका ६ सरल टिप्स: आफूले भनेजस्तै कन्टेन्ट सजिलै प्राप्त गर्ने तरिका

आजको डिजिटल युगमा एआई टुल्स जस्तै च्याटजीपीटीको प्रयोग तीव्र रूपमा बढ्दो छ । कन्टेन्ट राइटिङ, सोसल मिडिया पोस्ट, ब्लग्स, रिसर्चदेखि लिएर स्कूल असाइनमेन्ट तयार पार्नसम्म मानिसहरूले यसको उपयोग गरिरहेका छन्।

तर धेरैजसो मानिसहरूले बुझ्दैनन् कि च्याटजीपीटीबाट सही जवाफ पाउन पनि एउटा विशेष तरिका अपनाउनु आवश्यक हुन्छ।

यदि प्रश्न अस्पष्ट वा अधुरो भयो भने जवाफ पनि त्यस्तै आउनेछ। यस रिपोर्टमा हामी केही सजिला टिप्स प्रस्तुत गर्दैछौँ, जसले तपाईंलाई च्याटजीपीटीबाट मनचाहा कन्टेन्ट प्राप्त गर्न मद्दत गर्नेछ।

प्रश्नलाई स्पष्ट र पूर्ण तरीकाले सोध्नुहोस्

च्याटजीपीटीको सबैभन्दा सही जवाफ तब मात्र प्राप्त हुन्छ जब तपाईंको प्रश्न सोझो, स्पष्ट र सम्पूर्ण जानकारीसहित हुन्छ। उदाहरणका लागि मात्र 'ब्लग लेख' भन्नुभन्दा राम्रो हुन्छ –
'५०० शब्दमा एक सजिलो नेपाली ब्लग बनाउनुहोस्, जुन अनलाइन पैसा कमाउने’ टपिकमा आधारित होस् ।'

टोन र स्टाइल कस्तो चाहिन्छ भन्नुहोस्

यदि तपाईं कन्टेन्टलाई फर्मल, फ्रेन्डली, इमोशनल वा मोटिभेशनल चाहनुहुन्छ भने सुरुमा नै त्यसबारे स्पष्ट गर्नुहोस् ।


जस्तै – 'एक फ्रेन्डली टोनमा आर्टिकल बनाउनुहोस्, जुुन स्टुडेन्ट्सका लागि बुझ्न सहज होस्'

वा

'एउटा यस्तो आर्टिकल लेख्नुहोस् जसमा पढ्दा सस्पेन्स र थ्रिलको अनुभूति होस्।'

शब्द सीमा अवश्य निर्धारण गर्नुहोस्

यदि कन्टेन्टको लम्बाइ महत्वपूर्ण छ भने शब्द सीमाका बारेमा स्पष्ट निर्देशन दिनुहोस्।

जस्तै – '१०० शब्दमा शोर्ट एक्सप्लनेशन दिनुहोस् ।'

वा

'१००० शब्दमा विस्तारपूर्वक बुझाउनुहोस्।'

एसइओ जानकारी दिनुहोस्

वेबसाइट वा ब्लगका लागि कन्टेन्ट बनाउँदै हुनुहुन्छ भने कीवर्ड, एसइओ टाइटल र मेटा डिस्क्रिप्सन कमाण्डमा समावेश गर्नुहोस्। यसले कन्टेन्टलाई सर्च इन्जिनमा राम्रो र्याङ्किङ दिनेछ।

फीडब्याक दिएर सुधार गराउनुहोस्

पहिलो जवाफ अन्तिम हुँदैन। तपाईं च्याटजीपीटीलाई भन्न सक्नुहुन्छ –


'जवाफलाई अझ सरल बनाउनुहोस्',
'सानो प्याराग्राफमा विभाजन गर्नुहोस्',
'उदाहरणहरू थप्नुहोस्'

वा

'हेडिङ्स सहित पुनर्लेखन गरिदिनुहोस्।'

च्याटजीपीटी तपाईंका निर्देशनअनुसार सुधारिएको जवाफ प्रदान गर्नेछ।

क्रिएटिभ र स्पेसिफिक बन्नुहोस्

जति अधिक स्पेसिफिक र क्रिएटिभ तपाईंको कमाण्ड हुनेछ, उति नै युनिक र असरदार कन्टेन्ट प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि – 'एउटा इमोशनल स्टोरी लेख्नुहोस् जसमा एक गरीब बच्चाले मेहनतबाट सफलता हासिल गर्छ ।'