कीवर्डहरू -

आफ्नो कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् ? यसरी सजिलै थाहा पाउनुहोस् 

आफ्नो कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् ? यसरी सजिलै थाहा पाउनुहोस् 

माइक्रोसफ्टले गत बिहीबार विन्डोज ११ सार्वजनिक गरेको थियो । नयाँ युजर इन्टरफेस र नयाँ सुविधासहित विन्डोज ११ सार्वजनिक भएको थियो ।

विन्डोज १० प्रयोगकर्ताले विन्डोज ११ निःशुल्क अपग्रेड सुविधा पाउने छन् । तर माइक्रोसफ्टले विन्डोज ११ प्रयोग लागि निश्चित न्युनतम सिस्टम आवश्यक पर्ने बताएको छ ।

माइक्रोसफ्टका अनुसार विन्डोज ११ चल्न १ गिगाहर्जका साथ ६४ बिट प्रोसेसर, ४ जीबी र्‍याम, ६४ जीबी स्टोरेज, युइएफआई सेक्युर बुट क्यापेबल, टिपिएम भर्सन २.० लगायत हुनुपर्नेछ ।

विन्डोज ११ को बेटा भर्सन यसै हप्ताबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । तपाईको कम्प्युटरमा विन्डोज ११ चल्छ वा चल्दैन् के तपाईलाई थाहा छ । यदी थाहा छैन् भने आज हामी तपाईले थाहा पाउने सजिलो तरिका बारे जानकारी दिदैछौं ।

आफ्नो कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् भनेर थाहा पाउन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि स्क्रोल गर्दै तलतिर जानुहोस् र त्यहाँ तपाईले ‘चेक फर कम्प्याटिबिलिटी’ सेक्सन देख्नुहुनेछ ।

‘चेक फर कम्प्याटिबिलिटी’ सँगै त्यहाँ अर्को डाउनलोड एप भन्ने अर्को सेक्सन देखिने छ । सो डाउनलोड एपमा क्लिक गर्नुहोस् र एप डाउनलोड गर्नुहोस् । त्यसपछि डाउनलोड भएको उक्त एप (विन्डोज पीसी हेल्थ चेक) लाई इन्स्टल गर्नुहोस् ।

इन्स्टल गरेपछि त्यहाँ चेक नाउ भन्ने अप्सन देखिने छ र उक्त चेक नाउ अप्सनमा क्लिक गर्नुहोस् । उक्त अप्सनमा क्लिक गरेपछि तपाईको कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् भनेर जानकारी पाइनेछ ।