कीवर्डहरू -

प्राईम आइटी क्लबद्वारा \'आइसिटी मिट-अप\'को पाचौ संस्करण आयोजना गरिदै

प्राईम आइटी क्लबद्वारा \'आइसिटी मिट-अप\'को पाचौ संस्करण आयोजना गरिदै

प्राईम कलेजका शिक्षक र विद्यार्थीहरु द्वारा संचालित प्राईम आइटी क्लबले यहि जेठ २६ र २७ गते शनिबार र आइतबारको दिन  " बिल्डिंग अकेदेमिया फर स्मार्टर नेपाल " नामक  शिर्षकमा यस वर्षको आइसिटी मिट-अप भी.५.० को आयोजना गर्ने भएको छ । उक्त्त कार्यक्रम बिगत ५ बर्षदेखि निरन्तर संचालन हुदै आएको छ ।

प्राईम कलेज, नयाँ बजार, काठमाडौँमा आयोजना हुने उक्त कार्यक्रम जेठ २६ मा औपचारिक रूपमा संचालन हुनेछ । दुई दिने कार्यक्रमको पहिलो दिन (जेठ २६) मा आर्टिफ़िसिअल इन्टेलिजेन्स, साइबर सुरक्षा, मार्केटिंग र उद्यमशिलातामा ध्यान केन्द्रित गर्नेछ र निम्न दोस्रो दिनमा क्यारियरको अवसर र प्रतियोगिताको लागि हाइलाइट गर्नेछ ।

यसले आइसिटी अभ्यासकर्ता, विकासकर्ता,  आइटी विद्यार्थी तथा अन्य फ्रील्यांचर र आइटी कम्पनीहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो प्रतिभा,  आइडिया र योजनाहरु प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

यस वर्ष आयोजक टोलीले अन्तर्राष्ट्रिय तथा स्थानीय बजारमा नवीनतम प्रवृत्ति बनिरहेको व्यापार र प्रविधिको हाइब्रिड प्लेटफर्म प्रति विशेष ध्यान केन्द्रित गरेको छ ।

कार्यक्रमको प्राथमिक उद्देश्य शैक्षिक संस्था र उद्योगबीचको दूरीलाई हटाउँदै नेपाली बजारका उद्यमी, विकासकर्ता र विद्यार्थीहरुलाई आफ्नो परियोजना र कन्सेप्ट प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

शैक्षिक संस्था र उद्योगहरु बीचको अंतरलाई हटाउन केन्द्रित यस कार्यक्रमको मुख्य विषय भएको हुनाले टेक्निकल र व्यापार दुवै क्षेत्रका विद्यार्थीले यसबाट लाभ लिन सक्छन।

कर्यकरमका विभिन्न सत्रहरुमा व्यापार र प्रविधि दुवै क्षेत्रका विषयहरुलाई जोड्दै वक्ताहरूले वर्तमान प्रवृति र अर्थव्यवस्थाको परिदृश्यलाई प्रस्तुत गर्ने छन्,  जसबाट सहभागीहरुले आफ्नो भविष्य र क्यारियर प्रति स्पष्ट र  आश्वासित हुन सक्छन् ।