कीवर्डहरू -

‘सीआरएन’ नम्बर हरायो ? यसरी थाहा पाउनुहोस् मेरो सेयर अकाउन्टबाट

‘सीआरएन’ नम्बर हरायो ? यसरी थाहा पाउनुहोस् मेरो सेयर अकाउन्टबाट

तपाईंले सेयर कारोबार गरिरहनु भएको छ र आईपीओ भरिरहनु भएको छ भने सीआरएन नम्बरमा पक्कै पनि परिचित हुनुहुन्छ । सीआरएन अर्थात कस्टुमर रिलेसनसिप नम्बर ।

तपाईंले मेरो सेयर अकाउन्ट खोल्दा बैंकले तपाईंलाई सीआरएन नम्बर दिएको हुन्छ । जुन आईपीओ भर्ने बेलामा अनिवार्य चाहिन्छ ।

सधैभरी आईपीओ आइरहेका हुदैनन् । केही समयको अन्तरालपछि आईपीओ भर्दा सीआरएन नम्बर बिर्सएको हुनसक्छ ।
त्यसरी सीआरएन नम्बर बिर्संनु भएको छ भने आत्तिएर बैंकमा धाइहाल्नु पर्दैन । तपाईंले सजिलै मेरो सेयर अकाउन्टबाट नै तपाईंको आफ्नो सिआरएन नम्बर थाहा पाउन सक्नुहुन्छ ।

कति बैंकले त बैंक खाता नम्बर नै सीआरएन नम्बर राखिदिएको हुन्छ । जस्तो कि नबिल बैंकले खाता नम्बरलाई नैं सीआरएन नम्बर राखिदिको हुन्छ । यसो भएमा सीआरएन नम्बर खोज्न अरु धेरै गर्नैं परेन ।

तर, धेरै बैंकले भने अल्फावेट जोडेर छुट्टै सीआरएन नम्बर दिएका हुन्छन् । सीआरएन नम्बर पत्ता लगाउन निम्न विधि अपनाउनु पर्छ ।

– सबैभन्दा पहिला मेरो सेयरको ड्यास बोर्ड खोल्ने ।

– त्यहाँ बाँया भागमा विभिन्न अप्सनसहित ‘माई बैंक रिक्वस्ट’ भन्ने छ । त्यसमा क्लिक गर्ने ।

– त्यसपछि राइट क्लिक गर्ने ।

– राइट क्लिपछि विभिन्न अप्सन आउँछन् । अन्तिमतिर हेर्नुभयो भने ‘इन्स्पेक्ट’ भन्ने अप्सन पनि देखिन्छ ।

– इन्स्पेक्टमा क्लिक गर्ने ।

– इक्स्पेक्ट खुलेपछि माथिल्लो भागमा इलिमेन्ट, कनसोल, सोर्स, नेटवर्क अप्सन देखिन्छ । यसमध्ये नेटवर्कमा क्लिक गर्ने ।

– अब अल, एक्सएचआर, जेस जस्ता विभिन्न अप्सन देखिन्छ । त्यसमध्ये एक्सएचआरमा क्लिक गर्ने ।

– अब मेरो सेयर खोलिरहेको वेबसाइटलाई एक पटक रिफ्रेस गर्नुपर्छ ।

– रिफ्रेसपछि विभिन्न अप्सन, विभिन्न अंकहरु आउँछन् । तपाईंको बैंकअनुसार फरक–फरक नम्बर आउनछन् । जस्तो कि एनआईसी एसियाको हो भने २३०१, वाणिज्य बैंक हो भने २०१ र कुनैमा ३०१ नम्बरहरु आउँछन् । यि नम्बरहरु दोहोरिएर आएका हुनसक्छन् । यि नम्बरमध्ये एक एक गरेर नम्बरहरुमा क्लिक गरेर हेर्नुपर्छ । जस्तो कि एनआईसी एसियाको हो भने अन्तिमको २३०१ नम्बरमा क्लिन गर्दा हुन्छ ।

– दायाँ भागमा विभिन्न जानकारीहरु आउँछन् । यहाँ तपाईंको बैंक अकाउन्ट सम्बन्धी विभिन्न जानकारी हुन्छन् । त्यसैले यसलाई सुरक्षित तरिकाबाट हेर्नुपर्ने हुन्छ ।

– यहाँ तपाईंको नाम, बैंक खाता नम्बरलगायतका विभिन्न जानकारी हुन्छ । यसमध्ये एउटा छ सिआरएन नम्बर हुन्छ । यहाँबाट आफ्नो सीआरएन नम्बर नोट गर्नुहोस् ।

अब इस्पेक्टलाई क्लोज गर्न सक्नुहुन्छ ।