विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस रेटले तपाईलाई सहज तरिकाले पिसीमा काम गर्न दिनेछ । तर यसले एकदमै धेरै ब्याट्री पनि खर्च गर्ने गर्दछ ।
त्यस कारण ब्याट्री पनि जोगाउन र रिफ्रेस रेटलाई पनि अन राख्न माइक्रोसफ्टले डाईन्यामिक रिफ्रेस रेट (डिआरआर) ल्याएको छ ।
यो फिचर विन्डोज ११ इन्साईडर प्रिभ्यूमा रहेको छ । डिआरआरले ल्यापटप रिफ्रेस दरलाई ईमेल वा डक्यूमेन्टहरु लेख्दा ६० हर्जमा पारिदिन्छ र केही सर्फ वा स्क्रोल गर्दा १२० हर्ज पारिदिने गर्दछ । यो सपोर्ट अहिलेका लागि माइक्रोसफ्ट र एडोबको केही एपका लागि मात्रै उपलब्ध रहेको छ ।
केही समय पछि अरु एपहरुका लागि पनि यो फिचर उपलब्ध हुने माइक्रोसफ्टले बताएको छ । यो फिचर चलाउन तपाईको डिभाइसको रिफ्रेस दर १२० हर्ज सम्म भएको हुनुपर्नेछ ।