जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप खरिद गर्ने भएको छ ।
यो स्टार्टअपको नाम कार्लसरुही इन्फोरमेसन टेक्नोलजी रहेको छ र यो एक जर्मन स्टार्टअप हो । यसको प्रणाली मेसिन लर्निङ आधारित वास्तविक समयमै अनुवाद गर्ने रहेको छ ।
कम्पनीको अर्काे नाम काइट्स पनि हो र यो कम्पनीले कार्लसरुही इन्स्टिच्युट अफ टेक्नोलजीसँग सहकार्य गरेको छ । कम्पनीमा यही विषयमा अन्वेषण गर्ने दर्जनौँ अन्वेषकहरु रहेका छन् ।
जूमले यो सम्झौताको वित्तिय पक्षको बारेमा केही पनि खुलाएको छैन् तर आगामी दिनमा जर्मनीमा अन्वेषण र विकास केन्द्र खोल्ने बताएको छ ।
मेसिन लर्निङमा आधारित वास्तविक समयमै अनुवादले गर्दा विश्वव्यापी रुपमैः जूमको ग्राहकहरुलाई सहयोग पुग्ने देखिएको छ ।
यसले यो फिचर पहिले देखिनै भएको सिस्को जस्तो भिडियो कन्फेरेन्सिङ एपसँग प्रतिस्पर्धामा गर्नका लागि पनि जूमलाई सहयोग पुर्याउनेछ ।