इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेको छ । कम्पनीले अहिले सम्म प्रयोगकर्ता भेरिफाई भएमा वा १० हजार फ्लोअर पुगेमा मात्रै लिकंं शेयर गर्न दिने गर्दथ्यो ।
यस्तो भएमा मात्रै स्टोरिमा स्वाइप अप लिकंको फिचर प्रयोग गर्न पाइन्छ । तर अब कम्पनीले हल्का फरक फिचरको जाँच गरिरहेको छ ।
कम्पनीले अब आफ्नो केही प्रयोगकर्ताहरुलाई स्टोरिज स्टीकर प्रयोग गरेर कुनै वेबसाइटलाई लिकं गर्न दिने द भर्जलाई बताएको छ । प्लेटफर्मले विस्तारै सबै प्रयोगकर्तालाईनै लिकं शेयर गर्न दिन्छ की दिदैन् भन्ने बारे कुनै पनि जानकारी रहेको छैन् ।
इन्स्टाग्रामका उत्पादन प्रमुख विशाल शाहले अहिले कम्पनीको लक्ष्य भनेको मान्छेले कस्तो खालको लिकं पोस्ट गर्छन् भनेर ट्रयाक गर्ने रहेको बताएका छन् ।
त्यस्तै मान्छेले गलत जानकारी फैलाउन यो फिचर प्रयोग गर्छन् की गर्दैनन् भन्ने पनि रहेको उनले बताएका छन् । इन्स्टाग्रामले हालैमा सजेस्टेड पोस्टको फिचर पनि जाँँच गरिरहेको बताएको थियो ।