नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने भएको छ । सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोश्रो चरणको योजना पनि शुरु गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले सेलपे वालेटमा मोबाइल बैंकिङ र कनेक्ट आईपीएबाट पहिलो पटक रकम लोड गर्दा १० प्रतिशत क्यासब्याक (५० रुपैयाँ) सम्म र मोवाइल टप अपमा ४ प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सक्नेछन् ।
यो योजना यही असार १७ गते देखि लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सुरक्षित सेवा हो ।