सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल बैंकिङको सेवा दिन र सरकारको डिजिटल नेपाल अभियानलाई सघाउन इजी बैंक सार्वजनिक गरिएको हो ।
इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिन्छ ।
हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्न सकिन्छ ।
इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा अझ बढी लाभदायी रहने विश्वास बैंकको छ ।