सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले गत सालको सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि पाएको छ । जुन ३० मा भएको ग्लोबल मोबाइल अवार्ड कार्यक्रममा यो स्मार्टफोनलाई सर्वोत्कृष्ट स्मार्टफोनका रुपमा विजयी घोषित गरिएको थियो ।
यस विधाका निर्णायक समूहले अहिले सम्मकै सबैभन्दा राम्रो फिचरहरु भएको उत्कृष्ट स्मार्टफोन रहेको र यसमा एकदमै राम्रो क्यामेरा तथा एएमोएलईडी स्क्रीन रहेको बताएका थिए । एसपेन सपोर्ट गर्ने पनि यो पहिलो एस सिरिज हो ।
यही विधामा सामसङ ग्यालेक्सी एस २० एफई पनि सर्टलिस्ट भएको थियो जसमा एआईमा आधारित क्यामेरा र इन्फिनीटी–ओ १२० हर्ज डिस्प्ले रहेको छ । सामसङ ग्लोबल मोबाइल अवार्डले आफ्नो स्मार्टफोनलाई ध्यान दिएकोमा एकदमै खुशी रहेको बताएको छ ।
यो वर्षको ग्लोबल मोबाइल अवार्डको थिम कनेक्टेड इम्प्याक्ट रहेको थियो र सबै सहभागीहरुले यस थिमलाई सार्थक बनाएको अवार्ड आयोजकले बताएका छन् ।