ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ दिन अगाडि नै अन्तरिक्ष यात्रामा जाने भएका छन् ।
ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टीकका अनुसार उनी स्पेसशीप टू युनिटीमा बसेर मिशन विशेषज्ञको रुपमा प्रविधि र मौसमले साथ दिएमा जुलाई ११ मै अन्तरिक्ष जाने भएका हुन् ।
बेजोस आफ्नो ब्लु ओरिजिनको नयाँ सेपहर्डमा जुलाई २० मा अन्तरिक्ष जाने छन् । यी दुवै कम्पनीहरुले पर्यटकहरुलाई सब अर्बिटल स्पेससम्मको छोटो उडानमा लैजाने गर्दछ ।
ब्रान्सनले अन्तरिक्ष यात्रीको अनुभव लिनेछन् र भर्जिन ग्यालाक्टीकका भविष्यमा अन्तरिक्ष जाने अन्तरिक्ष यात्री सरहनै प्रशिक्षण, तयारी र उडान गर्ने छन् ।
कम्पनीले उनकै अनुभव र मूल्याकंनलाई प्रयोग गरेर भविष्यका अन्तरिक्ष यात्री ग्राहकको अनुभव अझै राम्रो बनाउन प्रयास गर्नेछ ।
भर्जिन ग्यालाक्टीकको स्पेसक्राफ्ट एक क्लासिक रकेट भन्दा पनि एयरप्लेन हो, जुन एकदमै उचाईसम्म पुगेर सानो भिएसएस युनिटी नामक स्पेसक्राफ्ट मुक्त गर्ने गर्दछ ।
यो उडान पछि पनि दुई ओटा अझै परीक्षण गरिनेछ र सन् २०२२ देखि व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ ।