कीवर्डहरू -

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने अप्सन थप गर्न लागेको हो ।

मेरो शेयरमा अब चाँडै ‘फर्गेट पासवर्ड’ फिचर देख्न सकिने छ । यो सुविधा उपलब्ध भएपछि प्रयोगकर्ताले डिपिमै सम्पर्क राख्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

फर्गेट पासवर्ड फिचरमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफाई गरेर नयाँ पासवर्ड पाउन सक्ने छन् । उक्त पासवर्ड इमेलमा आउनेछ ।