तपाइको मोबाइलमा रहेका विभिन्न एप मध्ये कसलाई के–केमा अनुमति दिने भन्ने कुरा तपाइले छनौट गर्न सक्नुहुन्छ ।
एन्ड्रोइड मार्सम्यालो अपरेटिङ सिस्टममा आधारित भएर चल्ने मोबाइल प्रयोगकर्तालाई एप्स पर्मिसनका बिषयमा ब्यापक स्वतन्त्रता दिइएको छ । जसले गर्दा प्रयोगकर्ताले आफूले चाहे अनुसार एप्स पर्मिसन नियन्त्रण गर्न सक्छन ।
१. तपाइको डिभाइसको सेटिङमा जानुहोस । डिभाइस सेटिङ भित्र त्यहाँ भएको एप्स अप्सनमा क्लिक गनुहोस र मोवाइल वा अन्य कुनै एन्ड्रोइड डिभाइसमा इन्स्टल भएका एप्सहरूको लिस्ट हेर्नुहोस ।
२. तपाइले मेनेज गर्न खोजेको एप्सको आइकोनमा क्लिक गर्नुहोस । एपको इन्फो पेजमा तपाइले देख्न सक्नुहुन्छ तपाइले एपलाई प्रदान गरेका पर्मिसनको लिस्ट ।
३. अब पर्मिसनमा क्लिक गरेर तपाइले एप पमिसन सेटिङ परिवर्तन गर्न सक्नुहुनेछ । त्यहाँ भएको बटनलाई देब्रेपट्टि सारेर तपाइले प्रदान गरेका एप्स पर्मिसनलाई अफ गर्न सक्नुहुन्छ । त्यहाँ भएको बटनलाई दाइने तर्फ सारेर पुन अन समेत गर्न सकिनेछ ।
नोट ः कुनै एप्सहरू केही विशेष पर्मिसन अफ गर्दा राम्ररी नचल्न समेत सक्छन । तपाइले यी सेटिङलाई कुनै पनि बखत आँफै परिवर्तन गर्न सक्नुहुन्छ ।