तपाईहरु धेरैले गूगलको जीमेल सेवा प्रयोग गर्नुहुन्छ होला । कहिले स्पेसका लागि नयाँ आईडी बनाउनु परेर होस् वा अरु कुनै कारणले हामीलाई जिमेल अकाउन्ट डिलिट गर्नुपर्ने हुन सक्छ ।
अर्को गज्जबको कुरा के छ भने तपाईले गूगल, युट्युब वा अरु सम्बन्धित अकाउन्ट कायम राखेर जीमेल अकाउन्ट मात्रै डिलिट गर्न सक्नुहुन्छ ।
आज हामी तपाईलाई गूगल, युट्युब वा अरु सम्बन्धित अकाउन्ट कायम राखेर जीमेल अकाउन्ट कसरी डिलिट गर्ने बारे जानकारी दिदैछौं ।
यसरी गर्नुहोस् डिलिट
जीमले अकाउन्ट डिलिट गर्न सर्वप्रथम गूगल अकाउन्ट सेटिङ मा जानुहोस् । त्यसपछि डेटा एण्ड पर्सनलाइजेसन अप्सन सेलेक्ट गर्नुहोस् ।
सेलेक्ट गरेपछि स्क्रोल डाउन गर्दै तल जानुहोस् र त्यहाँ तपाईले डिलिट अ सर्भिस ओर योर अकाउन्ट अप्सन देख्नुहुनेछ । त्यसपछि डिलिट अ सर्भिस ओर योर अकाउन्ट अप्सनमा क्लिक गर्नुहोस् । क्लिक गरेपछि डिलिट अ सर्भिस अप्सन देखिने छ र त्यसमा थिच्नुहोस् ।
नोटः सम्पूर्ण गूगल अकाउन्ट र त्यससँग सम्बन्धि डेटा डिलिट गर्न डिलिट अ गूगल अकाउन्ट छनोट गर्न सकिने छ ।
यति गरेपछि त्यहाँ तपाईले आफ्नो जिमेल अकाउन्टमा साइन इन गर्नुपर्छ । त्यसपछि तपाईले कुन सर्भिस डिलिट गर्नुपर्ने त्यो सर्भिस छनोट गर्नुहोस् ।
यदी जीमेल डिलिट गर्नुपर्ने हो भने जीमेल लेखेको अप्सनसँगै छेउमा रहेको ट्रासक्यान आईकनमा थिच्नुहोस् ।
नोटः त्यहाँ तपाईले डिलिट गर्न लागेको अकाउन्टको डेटा समेत डाउनलोड गर्न सक्नुहुन्छ ।
गूगलका अन्य सेवा प्रयोग गर्न डिलिट गर्न लागेको अकाउन्ट भन्दा बाहेकको कुनै ईमेल एड्रेसलाई इन्टर अ इमेल एड्रेस को ठाउँमा हाल्नुहोस् । त्यसपछि सेण्ड भेरिफिकेसन ईमेल अप्सनमा क्लिक गर्नुहोस् ।
यसपछि गूगलबाट आएको सेक्युरिटी अलर्ट फोर योर लिकंड गूगल अकाउन्ट वा जिमेल डिलिसन कन्फर्मेसन भन्ने ईमेल खोल्नुहोस् र मेसेजमा दिइएको डिलिसन लिकंलाई फ्लो गर्नुहोस् ।
फेरि सिस्टमले मागेमा डिलिट गर्न लागेको अकाउन्ट एक पटक फेरि लग इन गर्नुहोस् । त्यसपछि स्वीकृति दिनलाई नोटिफिकेसन आउँछ र त्यसमा एस सेलेक्ट गरेर डिलिट जिमेल भन्ने अप्सनमा क्लिक गरेर डनमा क्लिक गर्नुहोस् ।
डिलिट गरिएको जिमेल अकाउन्टको ईमेल चाहिँ के हुन्छ त ?
सबै इमेलहरु सधैँभरिका लागि डिलिट हुने गर्दछन् । तपाईले त्यसको कपि गूगल टेकआउट वा अरु कुनै ईमेल प्रोग्राम प्रयोग गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।
डिलिट गरिएको ईमेल एड्रेसमा कसैले ईमेल पठाएमा के गर्ने ?
तपाईको पुरानो ईमेल एड्रेसमा कसैले ईमेल पठाएमा त्यो प्रयोगकर्ताले डेलिभरी फेलयोर भन्ने मेसेज पाउँछन् । त्यही भएर अकाउन्ट डिलिट भएपछि आफ्नो कन्ट्याक्टलाई नयाँ जिमेल एड्रेसको जानकारी गराउनुपर्छ ।