गूगलले फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एपहरु आफ्नो प्ले स्टोरबाट हटाएको छ । एपहरु गोपनीयता नीतिका विरुद्ध गएकाले गूगलले प्ले स्टोरबाट हटाएको हो ।
गूगलले डा. वेब विश्लेषक प्रयोग गरेर नौ ओटा एपहरुमा ट्रोजन रहेको र फेसबुक लगइन विवरण चोरिरहेको पत्ता लगाएको छ ।
मालवेयर एपहरु करिब ५.८ मिलियन डाउनलोड भएका थिए । ती ट्रोजनहरुको नाम होरोस्कोप डेली, रब्बिस सेन्टर लगायतका थिए ।
ती एपहरुमा पाँच प्रकारका मालवेयर रहेका थिए । यी एपहरुले अथोराईजेसनको बेलामा कुकीज चोर्ने गर्दथ्य । यी एपहरुले साच्चिकैको फेसबुक साइन पेज लोड गरेर प्रयोगकर्ताहरुलाई ईमेल र पासवर्ड हाल्न लगाउने जनाइएको छ ।
यस्तो एपमा ह्याकरहरु सजिलै अरु इन्टरनेट सेवा तर्फ पनि लाग्न सक्ने गूगलले पाएको छ । यी सबै मालवेयरहरुको एउटै जाभास्क्रीप्ट कोड रहेको थियो ।