कीवर्डहरू -

\'शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा सम्पन्न

\'शिक्षित सियारी, शिक्षित समाज’  कार्यक्रममा सम्पन्न

सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्टले आफ्नो सशक्त उपस्थिति जनाएको छ । उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।

अर्घाखाँची सिमेन्ट प्रालिले सियारी गाउँपालिकाका ३३०० विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो ।

‘शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा उक्त क्षेत्रमा भएका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँ भन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको हो । उक्त कार्यक्रम प्रदेश नम्बर ५ का माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यूको प्रमुख आतिथ्यमा सियारी गाउँपालिकाको कार्यालयमा सुसम्पन्न भएको थियो ।

कार्यक्रममा सियारी गाउँपालिकाका सबै विद्यालयका ३३०० विद्यार्थीका लागि वर्षभरी आवश्यक पर्ने शैक्षिक समाग्रीहरु विभिन्न स्कुलका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका प्रमुख श्री अयोध्या थारुज्यूले अर्घाखाँची सिमेन्ट प्रा।लि।लाई धन्यवाद दिँदै भन्नुभयो, अर्घाखाँची सिमेन्टको यो कार्यले यस गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।


 यस कार्यले निश्चय पनि सकारात्मक परिणाम दिनेछ र यस्ता कार्यहरु निरन्तर भईरहने हो भने पक्कै पनि यस गाउँपालिकाले लिएको ‘शिक्षित सियारी, शिक्षित समाज’ अभियानले सार्थकता पाउनेछ र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सुरु गर्नु भएको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियान पनि सार्थक हुनेछ ।

सोही कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रबनध निर्देशक श्री पशुपति मुरारकाले भन्नुभयो, ‘सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने हो भने यो महाअभियान सफल हुनेमा दुईमत छैन । हामी स्थापनाकाल देखिनै स्थानीयबासीहरुका स्वास्थ्य, शिक्षा र रोजगारी, जस्ता क्षेत्रमा जोडिएर काम गरिरहेका छौँ । जुन इच्छाशक्तिका साथ सम्माननीय प्रधानमन्त्रीले देशै शिक्षित बनाउने अठोट लिनुभएको छ, त्यसको एउटा हिस्सा भएर जोडिन पाउँदा हामी निकै गौरवान्वित भएका छौं ।’

उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टका निर्देशक श्री राजेश अग्रवालले पनि आउँदा दिनमा पनि सियारी गाउँपालिकासँग निरन्तर रुपमा विभिन्न सहकार्य गरी अगाडि बढ्ने कुरा व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रम जेठ २६ गते शनिवार रुपन्देहीको सियारी गाउँपालीकाको कार्यालय हर्नैयामा सम्पन्न भएको थियो ।