अमेरिकी कम्पनी कासेयामाथि र्यान्समवेयर आक्रमण गरेका ह्याकरले ७० मिलियन डलर माग गरेका छन् । ह्याक भएका डेटालाई डिक्रिप्ट गर्न ह्याकरले ७० मिलियन डलर पैसा बिटकोइनमा तिर्न माग गरेका हुन् ।
यो आक्रमणमा १ मिलियन कम्प्यूटरहरु संक्रमित भएका छन् । द फाइनान्सियल टाइम्स र वाल स्ट्रीट जर्नलका रिपोर्ट अनुसार आइटी व्यवस्थापन सफ्टवेयर जायन्ट कासेयाको माथि र्यान्समवेयर आक्रमण भएको छ ।
ह्याकले भिएसए रिमोट मेन्टेनेन्स टूलमा असर पारेको पाइएको छ । यो रुसको रेभिल ग्रुपले गरेको आक्रमण हो ।रेभिलले पहिले पनि थुप्रै यस्तो आक्रमण साइबर आक्रमण गरेको रिपोर्ट रहेको छ ।
कम्पनीले सूरुमा ४० जना भन्दा कम ग्राहकलाई यस ह्याकले असर गरेको दावी गरेको थियो तर हन्ट्रेसको अनुसार यसले करिब २०० जना जति मान्छेलाई असर पारेको छ ।
यसले करिब आठ ओटा क्लाउड सेवाहरुलाई असर पारेको छ जसले गर्दा अझै धेरै फर्महरुमा यो ह्याकले असर पारेको अनुमान लगाउन सकिन्छ । कासेयाले सुरक्षा समस्या भेटाएको र त्यसको समाधानमा काम गरिरहेको बताएको छ ।
तर पनि अहिले केही दिन कम्पनीले ग्राहकहरुलाई भिएसए सर्भर बन्द गर्नका लागि भनेका छ र अपडेट इन्स्टल नगरेसम्म अफलाइननै राख्न भनेको छ ।
हन्ट्रेस ल्याबले यो आक्रमण पछि कासेयासँग सहकार्य गरेर काम गरिरहेको छ । यसले १ हजार व्यवसायहरुलाई असर गरेको पाइएको छ ।