विन्डोजले ‘प्रिन्ट नाईटमेयर’ बग ठिक गर्न ल्याएको अपडेटले केही प्रयोगकर्ताको प्रिन्टर चल्न बन्द गरेको पाइएको छ ।
प्रिन्ट नाईटमेयरले गर्दा ह्याकरहरुले तपाईको कम्प्यूटर पूर्ण रुपमा नियन्त्रणमा लिने गर्दछन् । यो अपडेट विन्डोज १० सेक्युरिटी अपडेटमा आएको थियो ।
केबि ५००४९४५ प्याच इन्स्टल गरेपछि जेब्रा लेभल प्रिन्टरहरु विशेषगरी कनेक्ट नभएको पाइएको थियो । प्रिन्टरलाई एडमिनिस्ट्रेटरको रुपमा पुनः इन्स्टल गरिएमा यो समस्या हट्ने माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टले फेरि केही दिनमा अपडेट गरिएको प्याच पनि सार्वजनिक गर्ने भएको छ । प्रिन्ट नाईटमेयरका लागि विन्डोजले अहिले सम्म विन्डोज ७, ८.१ र अरु थुप्रै सत्रहरु सार्वजनिक गरेको छ ।