कृषि विकास बैंकले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
योसँगै अब ग्राहकले अनलाइनबाटै डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन नम्बर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् ।
बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो सेवा २४ सै घण्टा उपलब्ध रहेको छ ।
यो सेवा ग्राहकले
यहाँ क्लिक
गरी लिन सक्ने छन् । एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।