कीवर्डहरू -

टेलिकमको पोष्टपेड मोबाइलमा आईएसडी सुविधा आफैले लिन सकिने

टेलिकमको पोष्टपेड मोबाइलमा आईएसडी सुविधा आफैले लिन सकिने

नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी ९क्ष्क्म्० सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (असार ०१ गते) देखि नै सञ्चालनमा आएकोे छ ।



आईएसडी सुविधा शुरुमा लिन जीएसएम मोबाइलका लागि "0000" र सीडीएमए मोबाइलका लागि "1234" डिफल्ट पिन नम्बर हुने छ ।

जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *331*PIN# डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि #331*PIN# डायल गर्नु पर्नेछ । साथै आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि *#331# डायल गर्नु पर्नेछ ।

सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन गरी आफ्नो इच्छा अनुसारको पिन नम्बर राख्न सक्ने छन् । यसरी सो पिन नम्बर परिवर्तन गर्नका लागि **03*331*old_PIN*newPIN*newPIN# डायल गर्नु पर्नेछ ।

साथै सीडीएमए पोष्टपेड मोबाइलमा पिन नम्बर परिवर्तन गर्न *81 डायल गर्नु पर्नेछ । आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले *82 डायल गर्नु पर्नेछ भने सेवा बन्द गर्नको लागि *820 डायल गर्नु पर्नेछ ।