मिनी एलईडी डिस्प्ले अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा आउने भएको छ । एप्पलले यो वर्ष १२.९ इन्चको मोडेलमा एलईडी प्रविधिलाई परिचित गराएको थियो र सन् २०२२ मा यो ११ इन्चको आईप्याड प्रोमा आउने विश्लेषक मिङ चि कुओले बताएका छन् ।
एप्पलले यो वर्ष ११ इन्च र १२.९ इन्चको आईप्याड प्रो मोडेल सार्वजनिक गरेको छ र दुवैमा एमवान प्रोसेसर प्रयोग गरिएको छ । एलईडी डिस्प्लेले डिमिङ जोन बनाईदिने गर्दछ जसले राम्रो कन्ट्रास्ट र एचडीआर परफोरमेन्स दिने गर्दछ ।
१२.९ इन्चको मोडेलमा २,५०० ओटा डिमिङ जोन रहेका छन् । एप्पलले मिनी एलईडी स्क्रीन म्याकमा पनि ल्याउने योजना बनाएको छ ।