कीवर्डहरू -

आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आइसिटिई क्लब सुर्खेतले घोषणा गर्यो आन्दोलनका कार्यक्रम

आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आइसिटिई क्लब सुर्खेतले घोषणा गर्यो आन्दोलनका कार्यक्रम

सुर्खेतको आइसिटिई क्लबले आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत प्रविधिमय भइरहेको यो युगमा नेपाल सरकारले आइ.टि पढेका विद्यार्थीलाइ नराम्ररी विभेद गरेको जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


हालसम्म नेपालमा थुप्रै आइटी कोर्षहरु जस्तै Bsc. CSIT, BCA, BIT, BICTE, CE, Msc CSIT, MCA, MIT, MICTE, CITE, BCE, BIM आदि जस्ता एकेडेमिक आइ.टि कोर्षहरु सञ्चालित रहेका छन् ।


देश विकाशको मेरुदण्ड भनेकै आइटी रहेको भन्दै्र क्लबले सरकारी सूचना अधिकृतमा इन्जिनियरिङ विद्यार्थीलाई मात्र समावेश गरेको प्रति आलोचना गरेको हो । सरकारले निजामति सेवा अन्र्तगतका आइ.टि सम्बन्धित पदहरु कटौति गरिरहेको छ ।

जस्तै ः कम्प्युटर अपरेटर ,सहायक कम्प्युटर अपरेटर खारेज गरिनु, सम्पूर्ण सेमेष्टर अन्र्तगतका आइ.टि कोर्षको पाठ्यक्रम लगभग समान भएता पनि नेपाल सरकारको निजामति सेवा अन्र्तगत रहेको आइ.टि अधिकृत पदको निम्ति कम्प्युटर इन्जिनियरिङ लाइ मात्रै मान्यता प्रदान गरिनु र विभिन्न मन्त्रालय अन्र्तगतका आइ.टि अधिकृत पद धमाधम खारेज गरिनु राम्रो नभएको क्लबको प्रतिकृया छ । आइटी पढ्ने लाखौ विद्यार्थिहरुको भविष्य माथि जानि जानि गरिएको खेलबाड रहेको बताउदै तत्काल सच्याउन माग गरेको छ ।


अर्कोतर्फ कक्ष्ाँ ११ र १२ को परिमार्जित पाठ्यक्रममा कम्प्युटर विषय को हत्या गर्ने चेष्टा गरेको क्लबको भनाई छ ।    सरकारले आइटी बिद्यार्थीलाई गरेको यो अन्यायको सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुले घोर आपति ब्यक्त गरेको छन ।


क्लबले जारी गरेका मागहरु ः
१) नेपालमा सञ्चालित सम्पूर्ण आइ.टि कोर्षहरुको पाठ्यक्रमा एकै प्रकारको हु“दा हु“दै पनि सरकारले निजामति सेवा अन्तर्गत सुचना प्रविधि अधिकृति पदमा कम्प्युटर इन्जिनियरिङ लाई मान्यता दिने गरेको निर्णय तत्काल खारेज गरि मापदण्ड पुगेका सम्पुर्ण  आइ.टि कोर्ष लाई सो पदको लागि मान्यता दिनुपर्ने ।
२. भर्खरै परिमार्जित ११ र १२ को पाठ्यक्रममा कम्प्युटर विज्ञानलाई बिशेष रुपमा पाठ्यक्रममा समाबेश गर्नुपर्ने ।
३) ऋत्भ्ख्त् अन्तर्गतका विभिन्न आइ.टि बिषय अध्ययन गर्ने विद्यार्थिलाई मध्यनजर गरि निजामति सेवा अन्तर्गत को कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर खारेज गर्नुे निर्णय तुरुन्त सच्याइनु पर्ने ।
४) कक्षा ६ देखि १० कक्षा सम्म कम्प्युटर बिज्ञान बिषय सबै विद्यालयमा अध्यापन भइरहेको र अनिवार्य तथा आजको आवश्यकता भएकोले शिक्षक सेवा आयोगले आबश्यकतालाई मध्यनजर गरि कम्प्युटर विषयको लागि पनि प्रयाप्त दरखास्त आह्वान  गर्नुपर्ने ।
५) देश बिकाशको मेरुदण्ड सुचना प्रविधि भएकोले विभिन्न मन्त्रालय अन्तर्गत रहेको सुचना प्रविधि अधिकृति को पद कटौति गर्नको साटो आबश्यकता अनुसार बढाउनु पर्ने ।

\"\"

क्लबले जारी गरेका आन्दोलनका कार्यक्रमहरु
१) २०७५।०३।०३ गते कर्णालि प्रदेशमा आई.टि कोर्ष अध्ययन गर्ने विद्यार्थीहरुको र शिक्षकहरुको हस्ताक्षर संकलन गर्ने ।
२) २०७५।०३।०४ गते कर्णालि प्रदेशमा रहनुभएका सम्पूर्ण IT Person हरुको हस्ताक्षर संकलन गर्ने ।
३) २०७५।०३।०५ गते जिल्ला शिक्षा कार्यालय र कर्णालि प्रदेशका सुचना तथा सञ्चार मन्त्रिलाई ज्ञापन पत्र बुझाउने ।
४) २०७५।०३।०६ गते कर्णालि प्रदेशका मुख्य मन्त्रि ज्यू लाई ज्ञापन पत्र बुझाउने र मुख्य मन्त्रि मार्फत केन्द्रिय मन्त्रिहरुलाई ज्ञापन पत्र बुझाउने ।
५) २०७५।०३।०७ गते दोश्रो चरणको आन्दोलनको सुरुवात ।