रिचार्ड ब्रान्सनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिक स्पेसशीप मार्फत उनी आईतबार अन्तरिक्ष यात्रामा गएका थिए ।
यसको क्रयूको रुपमा रिचार्ड ब्रान्सनसँगै बेथ मोसेज, कोलिन बेनेट र श्रिसा बाण्डला रहेका थिए । स्पेसशीप टू युनिटीमा बसेर रिचार्ड ब्रान्सन मिशन विशेषज्ञको रुपमा अन्तरिक्षमा गएका थिए ।
उनी हिजो नेपाली समयानुसार ६ः४५ मा अन्तरिक्षका लागि उडानमा गएका थिए । अमेजनको ब्लु ओरिजिनले भर्जिन ग्यालाक्टिक अन्तरिक्ष सम्म नपुगेको दावी गरिरहेको छ ।
भर्जिन ग्यालाक्टिकले ५३.४ माइल उचाई सम्म पुगेको थियो तर कार्मान लाइन (अन्तरिक्षको सिमा) भने ६२ माइलमा रहेको छ ।
कार्मान लाइन बेजोसले मात्रै पार गर्ने दावी गरिएको छ । तर यो उडान भर्जिन ग्यालाक्टिकका लागि एकदमै ठूलो उपलब्धि भएको बताइएको छ ।
यो उडान पछि पनि दुई ओटा अझै परिक्षण गरिनेछ र सन् २०२२ देखि व्यवसायिक उडान सुरु गर्ने कम्पनीको योजना रहेको छ ।