कीवर्डहरू -

हिमालय कलेज अफ इन्जिनियरिङद्वारा सूचना सञ्चार प्रविधिमा रोजगारी, अवसर र चुनौति विषयक कार्यशाला सम्पन्न

हिमालय कलेज अफ इन्जिनियरिङद्वारा सूचना सञ्चार प्रविधिमा रोजगारी, अवसर र चुनौति विषयक कार्यशाला सम्पन्न

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा काठमाडौको याक एन्ड यति होटलमा सूचना सञ्चार प्रविधिमा रोजगारी ः अवसर र चुनौति विषक कार्यशाला गोष्ठी सम्पन्न भयो ।


नेपालका लागि इजरायलका राजदुत Excellency Benny Omer को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. सुधा त्रिपाठी विशेष अतिथिका रुपमा उपस्थित हुनु भयो ।

उक्त हिमालय कलजे अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै ‘नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्र निर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसै अनुसारको जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पुर्याउने धेयले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि इजरायली राजदुतले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताउनु भयो ।


कार्यक्रमा उपस्थित त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षा प्रा.डा. सुधा त्रिपाठीले त्रि.वि. गुणस्तीय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताउँदै हिमालय कलेज अफ इन्जिनियरिङले आजको विश्व सुहाउँदो शिक्षा प्रदान गर्ने त्रि.वि.को लक्ष्य हासिल गर्नमा निकै ठूलो भूमिका खेलेको भन्दै कलेजको प्रशंसा गर्नु भयो ।

उहाँले यस कार्यशालामा प्रस्तुत भएका विचारहरु नेपालको शैक्षिक पुनसंरचनाका लागि निकै महत्त्वपूर्ण रहेकाभन्दै यस्तो कार्यक्रम आयोजना गरेकोमा कलेज प्रशासनलाई धन्यवाद दिँदै यस्ता कार्यमा त्रि.वि.को सँधै साथ र सहयोग रहने बताउनु भयो । उहाँले त्रि.वि.का आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरुमध्ये हिमालय कलेज अफ इन्जिनियङ एक उत्कृष्ट कलेज रहेको धारण पनि सार्वजनिक गर्नु भयो ।

\"\"
इन्जिनियरिङ अध्ययन संस्थानका सुवर्ण शाक्यले कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै गुणस्तीय इन्जिनियरिङ शिक्षा प्रदान गर्नमा कलेजले अझै महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।


कार्यक्रममा उपस्थित भएका सम्पूर्ण आमन्त्रित व्यक्तिहरुलाई कलेजकातर्फकाट मायाको चिनो प्रदान गर्दै कलेजका चेयरमेन विष्णुप्रसाद शर्माले गुणस्तीय र विश्व सुहाउँदो शिक्षा नेपालमै प्रदान गर्ने उद्देश्यले हिमालय कलेज अफ इन्जिनियरिङको स्थापना भएको बताउँदै सबैपक्षले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्नु भयो ।


कार्विका थापाले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा लिफ्रगका प्रतिनिधि कृष, क्यानका उपाध्यक्ष रोमकान्त पाण्डेय, नेपाल टेलिकमका सुनिल पोखरेल, विभुषण विष्ट र हिमालय कलेज अफ इन्जिनियरिङका विभागीय प्रमुख अशोक जिएमले विज्ञ समूहको भूमिका निभाउनु भयो । सारदा अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा कलेजका निर्देशक कपिलदेव रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो भने कलेजका प्राचार्य मदन शर्माले कार्यक्रमको समापन गर्नु भयो ।