कीवर्डहरू -

अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर

अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर

ट्विटरले फ्लिट्स फिचर बन्द गर्ने भएको छ । यो फिचर सार्वजनिक भएको एकवर्ष नहुँदै बन्द हुने भएको हो ।

आगामी अगस्ट ३ देखि फ्लिट्स फिचर बन्द हुन शुरू गर्ने ट्विटरले जनाएको छ । ट्विटरका अनुसार फ्लिट्स फिचरमा प्रयोगकर्ताको आकर्षण अपेक्षा अनुसार नभएपछि बन्द गर्न लागिएको हो ।

फेसबुक र इन्स्टाग्राममा २४ घण्टासम्म स्टोरी हाल्न मिल्ने फिचरको नक्कल गर्दै ट्विटरले पनि आफ्नो प्लेटफर्ममा यो फिचर सार्वजनिक गरेको थियो ।

फ्लिट्सबाट प्रयोगकर्ताले एउटा पोस्ट २४ घण्टाका लागि स्टोरीमा राख्न सक्छन् । फ्लिट्सको सट्टा ट्विटरमा शेयर गर्न अन्य तरिका ल्याउने जनाइएको छ । आगामी अगस्ट ३ सम्म भने यो फिचर प्रयोग गर्न सकिने छ ।