फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
फेसबुकले पहिले पनि समय समयमा कन्टेन्ट क्रियटरहरूलाई पुरस्कृत गर्ने गरेको थियो र अब पनि कम्पनीले कन्टेन्ट क्रियटरमा लगानी गर्ने जनाएको छ ।
फेसबुकका सिईओ मार्क जुकरबर्गले यो रकमलाई कन्टेन्ट क्रियटरका लागि रिवार्ड हो भन्दै आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् ।
फेसबुकमा कम्पनीका विभिन्न उत्पादनलाई बेग्लै तरिकाले प्रयोग गर्ने क्रियटरहरूलाई यस्तो रकम उपलब्ध गराउने पनि उनले उल्लेख गरिएको छ ।
यसका लागि कम्पनीले सन् २०२२ मा लागु हुने गरी नयाँ प्रोगामहरु बनाइरहेको जुकरबर्गले बताएका छन् । भर्खरै कन्टेन्ट सेयर गरेर दर्शक बनाउँदै गरेको क्रियटरहरुलाई पनि फेसबुकले रकम दिने बताएको छ ।
फेसबुकले इन्स्टाग्राम र फेसबुकमा बोनस सेक्सन भन्ने राख्नेछ जसले कसले र कसरी निवेदन भर्न सक्छन् भनेर मार्गदर्शन गरिएको हुन्छ ।
फेसबुकले क्रियटरको भिडियोमा विज्ञापन राख्दा वा लाइभ स्ट्रिमिङमा निश्चित लक्ष्य पुरा गरेमा क्रियटरहरुले यस किसिमको रिवार्ड पाउनेछन् । यो नयाँ अवसर फेसबुकका साथै इन्स्टाग्राम तथा आईजी टिभी र रिल्समा पनि उपलब्ध हुनेछ ।
फेसबुकले यस किसिमको रकम हाल इन्भिटेसनका आधारमा मात्र उपलब्ध गराउँदै आएको छ । हालै मा टिकटक र स्न्यापच्याट जस्ता एपले पनि क्रियटरलाई रकम उपलब्ध गराउने बताएका छन् । यो रकमले गर्दा क्रियटरहरुले युट्युब, सब्स्ट्याक, ट्वीच र टिकटक जस्ता कन्टेन्ट वाला एपहरुबाट क्रियटरलाई यता ध्यान आकर्षण गराउने फेसबुकले अपेक्षा गरको छ ।
कुनै एउटा उत्पादनमा केन्द्रित हुनेभन्दा पनि कम्पनीले विभिन्न प्रकारका गतिविधि र लक्ष्य पुरा गरेको आधारमा यस किसिमको रकम बोनस स्वरुप उपलब्ध गराउनेछ ।
कम्पनीले सन् २०२२ देखि क्रियटरहरुको आम्दानी पनि नलिने बताएको छ । यसरी क्रियटरहरुले अझै पैसा कमाउन पाउने र कन्टेन्ट सेयर गर्न पाउने एपको विश्वास छ ।