स्विट्जरल्याण्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४ दशमलव ४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको रकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।