पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईपीओ बन्द हुन बित्तिकै पेटिएमले आफ्नो आईपीओ जारी गर्ने भएको हो ।
पेटियमलाई अलिबाबा, एन्ट ग्रुप, सफ्टबैंक र बर्कसायर हादावे जस्ता कम्पनीले सहयोग गरेता पनि पेटियमले प्राइमरी मार्केटबाट १२ हजार करोड संकलन गर्न खोजिरहेको छ र बाँकीको सेकेण्डरी मार्केटबाट संकलन गर्ने जनाएको छ ।
ड्राफ्टका अनुसार जेपि मोर्गान चेज, मोर्गान स्टानले, आईसिआईसिआई सेक्युरिटी, गोल्डमयान साच्स, एक्सिस क्यापिटल, सिटी र एचडीएफसी बैकंहरु पेटियम आईपिओको बुक रनिङ म्यानेजर रहेका छन् । पेटियमलाई वान ९७ कम्युनिकेसन पनि भनिन्छ ।
गत सोमबार पेटियमका सेयरहोल्डरले पैसा उठाउन आईपिओको प्रयोग गर्नलाई स्वीकृति दिएका छन् । यो आईपिओका लागि भारतको सबैभन्दा ठूलो सार्वजनिक अफर हो ।