नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै छन् भनेर सूचित गराउने भएको छ । चिल्ड्रेन प्रोग्रामिङ अन्तर्गत नेटफ्लिक्सले यो सुविधा ल्याएको हो ।
यसमा अभिभावकले बालबालिकालाई के कस्तो कुरा मनपर्छ र प्यारेन्टल कन्ट्रोल अझै कसरी बढाउन सकिन्छ भनेर थाहा पाउन सक्छन् । यो फिचर जुलाई १६ देखि किड प्रोफाइल बनाईदिने अभिभावकले प्रयोग गर्न सक्छन् ।
त्यस्तै नेटफ्लिक्सले आज देखि किड्स र फ्यामिली प्रोफाइलमा शीर्ष दश चर्चित बालबालिको शो र फिल्महरु देखाउन नयाँ लिडरबोर्ड पनि सार्वजनिक गरेको छ ।
यो लिडर बोर्डलाई नेटफ्लिक्सले २०८ मिलियन ग्राहकले विभिन्न ९३ ओटा देशमा केके हेर्दै छन् भन्ने आधारमा दैनिक रुपमा अपडेट गर्नेछ ।
प्रयोगकर्ताहरुले यो फिचर किड्स होमपेजको शीर्ष १० बाट पाउन सक्नेछन् अथवा मेन्यु बारमा रहेको न्यू एण्ड पपुलर भन्ने सेक्सनबाट पनि पाउन सक्नेछन् ।