इरानका ह्याकरले फेसबुक प्रयोग गरेर अमेरिकी सैन्य शक्तिमाथि साइबर आक्रमण गर्न लागेका गोप्य योजना सार्वजनिक भएको छ । फेसबुकले नै यो तथ्यलाई सार्वजनिक गरेको हो । यो समूहको नाम ठरटोइज सेल रहेको थियो । यो समूहले एयरोस्पेस उद्यमलाई पनि लक्षित गरेको थियो ।
यसले विशेषगरी अमेरिकालाई आक्रमण गर्न प्रयास गरेको थियो तर बेलायत र यूरोपको केही भाग पनि यसको प्राथमिक लक्ष्यमा रहेको थियो ।
यो समूहसँग एकदमै शक्तिशाली स्रोतहरु भएको र कसले सञ्चालन गरेको हो भनेर थाहा नपाउने गरी काम गरिरहेको पाइएको छ ।
फेसबुक प्रयोग गरेर ह्याकरहरुले विभिन्न म्यासेज तथा वेबसाइटहरु पठाइरहेको थिए जहाँबाट मालवेयर पनि जाने गर्दछ । यो समूहले विगतमा मध्यपूर्वी भागको आईटी कम्पनीहरुलाई लक्षित गर्दै आएको छ ।
यसले ह्याक गर्न चीनको एभिल आई जस्तै प्रक्रिया प्रयोग गर्ने गर्दछ । ह्याकरहरुले फेसबुकमा परिष्कृत अनलाइन व्यक्तित्वहरु बनाएर आफ्नो लक्ष्यहरुसँग कुरा गर्न लगाईरहेको थियो ।
उनीहरुले आफ्नो टार्गेटको विश्वास जितेर लिकंहरुमा क्लिक गर्न लगाउने गरेका थिए । उनीहरुले विश्वासका लागि विभिन्न अरु सामाजिक सञ्जालहरुमा पनि अकाउन्ट बनाएका थिए । यी ह्याकरहरुका लागि मालवेयर माहाक रायन अर्फाज भन्ने कम्पनीले बनाएको थियो ।