कीवर्डहरू -

के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ख्याल गर्नुहोस् 

के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ख्याल गर्नुहोस् 

आजभोलि हामीले धेरै समय आफ्नो मोबाइल फोनमै बिताउने गरेका छौं । तर कुनै समय हामीले चलाइरहेको बेला हाम्रो मोबाइल तात्तिन्छ ।

वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा फोन अत्याधिक तातिने गर्छ ।

यसले गर्दा स्मार्टफोन ह्याङ्ग हुने , ब्याट्री चाँडै सकिने जस्तो समस्या हुने गर्छन । आज हामीले मोबाइल फोन तात्तिदा के गर्ने भनेर जानकारी दिदैछौं ।

घामबाट टाढा राख्ने

घाममा धेरै बेरसम्म फोनलाई छोड्यो भने स्मार्टफोनले घामको ताप लिने गर्दछ । यसले गर्दा फोन चल्नै छाडिदिन्छ ।

स्मार्टफोनले तापलाई धेरै बेरसम्म राखिरहने गर्दछ जसले गर्दा फोन अत्याधिक तात्तिने गर्दछ । त्यसकारण स्मार्टफोनलाई घाममा छोड्नु हुँदैन ।

स्क्रीनको ब्राइटनेस धेरै नबढाउने

स्मार्टफोनको स्क्रीनको ब्राईटनेस धेरै बढायो भने त्यसले ब्याट्री र प्रोसेसरलाई झन बढी काम गराउँछ, जसले गर्दा फोन तातिने गर्दछ ।

बाहिर उज्यालो ठाँउमा हेर्नुपर्‍यो भने स्क्रीनको ब्राईटनेस बढाउनु भन्दा फोनमा ग्लेर स्क्रीन लगाउँदा राम्रो हुन्छ ।

ब्याकग्राउन्डमा चलेका एप बन्द गर्ने

होम बटन वा ब्याक बटन थिचेर मात्रै एप बन्द हुँदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र स्मार्टफोनले पनि कम काम गर्नुपर्छ र फोन तात्तिदैन् ।

अत्याधिक तात्तेको बेला फोनको कभर हटाउने

स्मार्टफोन अत्याधिक तात्तेको बेला फोनको कभर हटाउनु पर्छ । फोनको कभरले तापलाई बाहिर जानबाट रोक्छ र अझै तताई दिन्छ । फोनको कभर हटाएपछि स्मार्टफोन छिटै चिसो हुन्छ ।

स्मार्टफोन फ्रिजमा नराख्ने

धेरैले फोन छिटो चिसो हुन्छ भन्ने ठानेर फोनलाई फ्रिजमा राख्छन् तर यसले उल्टै फोनलाई गलत प्रभाव पार्ने गर्दछ ।

अचानक तापक्रम परिवर्तन हुदाँ फोनलाई नराम्रो असर पर्छ र भित्र चिसो पनि छिर्न सक्छ जसले फोनलाई बिगार्न सक्छ ।