कीवर्डहरू -

डिजिटल बन्दै नेपाल आयल निगम, लागु भयो ईआरपी प्रणाली

डिजिटल बन्दै नेपाल आयल निगम, लागु भयो  ईआरपी प्रणाली

नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागु गरेको छ । आईतबारबाट आयल निगमले ईआरपी प्रणाली लागु गरेको हो ।

ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको छ । अनुगमन र नियमनलाई प्रभावकारी बनाउन निगम ईआरपी प्रणालीमा जान लागेको हो ।

योसँगै अब निगमका सम्पूर्ण कार्यहरूलाई डिजिटलाइज हुनेछन् । ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ ।

यस प्रणालीबाट निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउने छन् । एकै स्थानबाट निगरानी र निर्देशन हुनेछ ।

इआरपी सिस्टमबाटै इन्धनको बिलिङ पनि शुरू भएको छ । यसअघि नेपाल आयल निगमले बैशाख ३ देखि ईआरपी प्रणाली लागु गरेपनि आईतबारबाट पूर्ण कार्यान्वयनमा ल्याएको हो ।