कीवर्डहरू -

ओपोद्वारा नेपालमा एफसेवेन यूथ सार्वजनिक, यूवा लक्षित सुपर फुल स्क्रिन र एआई ब्यूटी स्मार्टफोन

ओपोद्वारा नेपालमा एफसेवेन यूथ सार्वजनिक,  यूवा लक्षित सुपर फुल स्क्रिन र एआई ब्यूटी स्मार्टफोन

यूवा वर्ग माझ वैश्विक स्तरमै अत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफसेवेनको नयाँ भ्यारियण्ट एफ सेवेन यूथ सार्वजनिक गरेको छ । यूवा पुस्ताको माग तथा आवश्यकता दृष्टिगत गर्दै विशेषरुपमा तयारी गरिएको एफसेवेन यूथमा एआई ब्यूटी  २.० प्रविधिका साथै सुपर फुल स्क्रिनपनि उपलब्ध गरिएको छ ।

कम्पनीले नयाँ फोन सनराइज रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध हुने जानकारी दिएको छ । यूवा लक्षित नयाँफोन ओपोद्वारा प्रमुख प्रायोजन गरिएको चर्चित डान्स रियालिटी शो बुगिवुगीको मञ्चमार्फत सार्वजनिक गरिएको हो  । कम्पनीले एफसेवेन यूथको मूल्य रु. ३१,५९० निर्धारण गरेको छ ।

‘उपभोक्ताका माग र आवश्यकताको सम्बोधन ओपोमा हाम्रा लागि सँधै प्रमुख प्राथमिकताको विषय हो । ओपो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले यूवा लक्षित तथा निर्मित एफसेवेनको नयाँ भ्यारियण्ट पनि सार्वजनिक गर्न हामीलाई निरन्तर माग र अनुरोध प्राप्त भइरहेको थियो । यही मागलाई दृष्टिगत गर्दै हामीले एफसेवेन अन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेनयूथ सार्वजनिक गरेका छौँ ।

नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन आकर्षक मुल्यमा उपलब्ध गराउपाउँदा हामी निकै उत्साहित छौँ । विगतमा हाम्रा पछिल्ला फोनलाई झैँ एफसेवेन यूथलाई पनि उत्तिकै मायाँ तथा सहयोग प्राप्त हुनेमा हाम्रो आशा छ । ’, नयाँफोन सार्वजनिकका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।


नयाँएआई २.० ब्यूटी प्रविधि
ओपो एफसेवेनमा उपलब्ध गरिएको ब्यूटी प्रविधि अहिले यूवाहरु माझ निकै लोकप्रिय छ । यही प्रविधि कम्पनीले \"\" एफसेवेन यूथमा पनि उपलब्ध गरेको छ । एफसेवेन यूथमा उपलब्ध गरिएको एआई २.० ब्यूटी प्रविधिले अनुहारका २ सय ९६ फेसियल पोइण्ट्स ‘क्याप्चर’ गरी अनुहारलाई क्षेत्रमा विभाजन गर्दै विस्तृत ब्यूटी परिमार्जन सेवा उपलब्ध गराउँछ । यसले प्रयोगकर्ताका तस्विरलाई थप प्राकृतिक र उत्कृष्ट देखाउन मद्दत गर्छ ।


फोटो परिमार्जन र सोसियल सेयरिङका लागि पनि ओपो एफसेवेन यूथमा विशेष ध्यान दिइएको छ । फोनमा फोटोलाई रोचक बनाउन एआर स्टिकर फञ्शन पनि ईनब्यूल्ट रुपमा उपलब्ध गरिएको छ । यी स्टिकरहरु फ्रण्ट र रियर दुबै फोटोग्राफीका लागि प्रयोग गर्न सकिन्छन् । साथै, भिडियो रेकर्डिङका लागि पनि यो सुविधा उपलब्ध गरिएको छ । फोनमा एआई एल्बम पनिउपलब्ध गरिएको छ ।

नयाँ डायमण्ड ब्ल्याक डिजाइन
बजारमा उपलब्ध अधिकांश फोनको डिजाइनमा करिव करिव उस्तै समानता भइरहेको बेला ओपोले एफसेवेन यूथको माध्यमबाट यूवा लक्षित नौलो डिजाइन फोनलाई दिएको छ । फोनमा कम्पनीले उडिरहेका हिरा झैँ देखिने थ्रीडी छवीको प्रयोग गरेको छ ।


यसमा रहेका आकृति र सतहको ‘ग्लास फिल’ले फोनलाई प्रिमियम लुक्स प्रदान गरेको छ । प्रकाशको कोणका आधारमा परिवर्तन हुने छवीले हिरा झैँ लोभलाग्दो ईफेक्ट प्रस्तुत गर्छ ।