कीवर्डहरू -

आइटी र प्रोग्राममिङमा  महिलाको संलग्नता कसरी बढाउने  ?

आइटी र प्रोग्राममिङमा  महिलाको संलग्नता कसरी बढाउने  ?


समिक्षा गौतम

अहिले को समय सुचना प्रविधिको समय हो । कम्प्युटर, ईन्टरनेट, वाइफाइ जहाँ पनी छ र त्यो बिना को जीवन मन्छेले कल्पना पनि गर्न छाडिसकेका छन । अहिले सानो सानो कुरादेखी एकदम महत्वपूर्ण कुरामा पनि ईन्टरनेट को अवस्यक्ता पर्छ । मनिसहरु लाई प्रविधी र कम्प्युटरको ज्ञान पहिला भन्दा अहिले धेरै छ ।


नेपाल्मा कम्प्युटर विज्ञान शिक्षा अध्यापन गराउने कलेजहरुको संस्था पनि धेरै भइसकेको छ र आइटी सम्वन्धी कम्पनीहरु पनि धेरै आइरहेका छन । सुचना प्रविधीमा पहिला भन्दा धेरै सुधार अएको छ, धेरै गल्र्सहरु यस क्षेत्रमा आकर्षित भइरहेका छन् ।

कम्प्युटर भन्ने वित्तिकै टाढा भाग्ने महिलाहरुले अहिले आफ्ना्े विशिष्ट श्रेणीको शिक्षा र करियर यसैमा खोज्न थालेका छन । अहिले नारीहरु पनि स्मार्ट बन्दै र खोजी गरेर आफ्नो इच्छाको विषय पढ्न नि थालेक छन । पहिला नर्सिङ, मेडिकल, म्यानेज्मेन्टमा बढि इच्छा लिने गर्थे भने अहिले त्यहि नै लेवेलमा आइटी तथा ईन्जिनियरिङ नि पढ्न थालेका छन ।


प्रोग्राममिङ मैै करियर बनाएर राम्रो आम्दानी गर्ने युवतीहरुको संख्या बढिरहेको छ । यती सबै हुँदा हुँदै पनि नेपालमा कम्प्युटर विज्ञान र सुचना प्रविधिमा महिलाभन्दा पुरुषको संलग्ना ३ गुणाले ज्यादा छ । महिलाहरुलाई यस क्षेत्रमा अघि बढ्न प्रोत्साहन दिनु समाजको दायित्व पनि हो । अझै पनि यो क्षेत्रमा महिलाहरुलाई कहाँबाट सुरु गरौं, कसरी सुरु गरौं र कोसँग मद्दत लिनु भन्नेबारे थाहा छैन । यो लेखले महिला हरुको ति प्रश्न को उत्तर दिने प्रयास गरेको छ ।


धेरै लाई लाग्छ कि कम्प्युटर प्रोग्राममिङ गाह्रो छ र कम्प्युटर प्रोग्राममिङ सिक्न र गर्न कम्प्युटर ब्याकग्राउण्ड नै हुनुपर्छ, तर यस्तो होईन । कम्प्युटर प्रोग्राममिङ जसले पनि गर्न सक्छ । कम्प्युटर ब्याकग्रउण्ड नै नभएका र पहिले कम्प्युटर प्रोग्राममिङको बारेमा केहि थाहा नभएकाहरु अहिले थुप्रै इन्फर्मेशन टेक्नोलोजी कम्पनीहरुमा कार्यरत छन । यि कम्पनीहरुमा हेर्ने हो भने पुरुषभन्दा महिलाको संख्या एकदम कम छ ।

यदी इतिहास पल्ताएर हेर्ने हो भने कम्प्युटर प्रोग्राम लेख्ने पहिलो व्यक्ती नै महिला हुन ( लेदी अगस्तआ अदा लभलेस । पहिलाको भन्दा अहिले प्रोग्राममिङ धेरै नै सजिलो पनि भैसकेको छ । पहिले लो लेवेल प्रोग्राममिङ ल्यांगवेज हुन्थ्यो भने अहिले हाई लेवेल प्रोग्राममिङ ल्यांगवेज हरु छन जस्तै जाभा, C++, PHP, MySQL , Python आदी ।

महिला पछि पर्नुका केहि कारणहरु
- सुचना र चेतनाको कमी भएर
- कम्प्युटर प्रोग्राममिङ केटीहरु का लागि हैन भन्ने रुढिवादी विचार
- नयाँ नयाँ प्रविधीको बारेमा थाहा पाउन इछुक नभएकाले

कहाँबाट र कसरी सुरु गर्ने ?
कम्प्युटर प्रोग्राममिङको मुल कुरा थाहा पाउन र बुझ्न ईन्टरनेटबाट सिक्दा हुन्छ । अहिले धेरै प्लाटफर्महरु छन जसले सित्तैमा कम्प्युटर प्रोग्राममिङ सिकाउछन्,  जस्तै www.tutorialspoint.com, www.udemy.com, www.codeacademy.com , www.youtube.com , www.w3schools.com जस्ता वेब र एपहरुबाट पनि धेरै कुरा सिक्न सकिन्छ । अर्को विकल्प भनेको प्रोग्राममिङ ल्यांगवेज सिकाउने प्राइवेट संस्थामा गएर कोर्स गर्ने । २ देखी ४ महिनाको अवधिमा अफुलाई मन लागेको प्रोगमिङ ल्यांगवेज सिक्न सकिन्छ ।


तर मुख्य कुरा व्यक्तीमा भर पर्छ । प्रोग्राममिङ ल्यांगवेज सिक्न गाह्रो छैन, तर धैर्यता र मेहेनत चाहिन्छ । प्रोग्राममिङ ल्यांङवेजमा जती प्राक्टिस भयो त्यती नै राम्रो गर्न सकिन्छ । महिलाहरुलाई प्रोग्राममिङ सिकाउने उद्धेस्श् ले रोजिना बज्रचार्यद्वारा खोलिएको एउटा संस्था ‘न्ष्चकि ष्ल त्भअजलययिनथ’’ हो । जसले, महिलाहरुलाई प्रोग्राममिङ क्षेत्रमा आउन प्रोत्साहन गर्दै विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।


शहरी क्षेत्रमा महिलाहरुमा सुचना प्रविधी र कम्प्युटर प्रोग्राममिङको बारेमा जानकारी भएता पनि गाउं घर र अन्य ठाउँमा यसको बारे चेतना छैन । अहिलेको यो २१ औं सताब्दीमा कम्प्युटर प्रोग्राममिङ र सुचना प्रविधीको महत्व र प्रभाव धेरै छ । त्यसैले यसको जानकारी सबैलाई हुनुपर्छ ।