आफ्नो फोन अरूसँग सेयर गरेपनि आफ्ना निजी एवम गोप्य सुचनाहरू चुहावट हुन नदिन वा तिनको सुरक्षाका लागि गेष्ट मोडको प्रयोग गर्न सकिन्छ । गेष्ट मोडमा रहँदा तपाइको साथीले तपाइको मोबाइल प्रयोग गरेका बखत तपाइको इमेल, टेक्स्ट आदिलाई ब्ल्क गर्न सकिन्छ ।
१. क्विक सेटिङ खोल्न तलपट्टि स्वाइप गर्नुहोस ।
२. दाहिनेपट्टिको माथिल्लो भागमा भएको युजर आइकोनमा ट्याप गरेर एड अ गेष्टमा क्लिक गरेर गेष्ट मोड सुरू गर्नुहोस । अब तपाइको फोन गेष्ट मोडमा स्विच हुन्छ र तपाइको सूचनाहरू पूर्ण रूपले सुरक्षित रहन्छन ।
३. साथी वा कसैले तपाइको मोबाइल चलाइसकेर फिर्ता गरेपछि तपाइले गेष्ट मोडलाई अन्त्य गर्न यूजर आइकनमा क्लिक गरेर “रिमुभ गेष्ट”मा क्लिक गरेर गेष्ट मोड हटाउन सक्नुहुन्छ ।
४. अब तपाइले “रिमुभ”मा क्लिक गरेर सम्पूर्ण डाटा र एप्सलाई गेष्ट सेक्सनबाट हटाउन सक्नुहुन्छ ।