कीवर्डहरू -

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण

अमेरिकामा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई साइबर आक्रमण गरिएको पाइएको छ । यो इजरायली कम्पनी एनएसओले बिकास गरेको जासुसी सफ्टवेयर हो ।संसारका सरकारहरुले विपक्षी नेता, वकिल, पत्रकार, अभियान्ता लगायतलाई आक्रमण गरिएको अन्तर्राष्ट्रिय एजेन्सिहरुले लेखेका छ्न । संसारभरका १८० भन्दा धेरै खोजि पत्रकार यस्तो आक्रमणमा परेको बताइएको छ ।

पछिल्लोपटक एनएसओ पिगासस सफ्टवेयरलाई प्रयोग गरेर ३७ ओटा फोनमा आक्रमण गरिएको भेटिएको थियो । जसमा अभियन्ता, पत्रकार र दुई जना महिला रहेका थिए । आक्रमणमा परेका व्यक्तिहरुले सन् २०१६ मा एनएसओ टूल प्रयोग गरेका थिए ।

सन् २०१६ कै सूचीमा एक हजार जना थिए जसमा ६०० राजनीतिज्ञ, १८९ पत्रकार, ८५ मानव अभियन्ता र ६५ जना व्यवसायीक अधिकारिकहरु रहेका थिए । एनएसओले अनुसन्धानबाट बाच्नका निम्ति यो आरोपलाई गलत रहेको ठहर गरेको छ ।

उनीहरुले यो मुद्दा लड्न वकिल पनि राखेका थिए र आफू सदैव आफ्नो ग्राहकको डेटा सुरक्षामा काम गर्ने बताएका छन् ।

पहिले पनि सिटिजेन ल्याबले एनएसओ पिगासस सफ्टवेयरलाई अलजलजिराको पत्रकारहरुको आईफोन ह्याक गरेको आरोप लगाएको थियो । पिगासस सफ्टवेयर इजरायलको सफ्टवेयर कम्पनीले बनाएको हो ।