कीवर्डहरू -

ह्वाट्सएपले अबदेखि सुरु भइसकेको ग्रुप भिडियो कलमा पनि जोडिन दिने

ह्वाट्सएपले अबदेखि सुरु भइसकेको ग्रुप भिडियो कलमा पनि जोडिन दिने

ह्वाट्सएपले अब देखि सुरु भईसकेको ग्रुप भिडियो कलमा पनि जोइन गर्न दिने भएको छ । यसले अब जूम, टिम्स, मिट जस्ता अरु भिडियो कन्फेरेन्सिङ एप जसरी काम गर्नेछ ।

यसअघि कल आउँदा तपाई अनलाइन भएमा मात्रै ग्रुप भिडियो कलमा जोइन गर्न मिल्ने गर्दथ्यो । तपाईलाई इन्भाईट गरिएको भएमा तपाई कुनै बेला कलबाट हट्ने र कलमा जोडिने गर्न सक्नुहुन्छ ।

अब एपले कल इन्फर्मेसन स्क्रीन पनि राख्ने छ, जसले कोको इन्भाइट गरिएका छन् र कलमा कोको जोडिएका छन् भनेर विवरण दिनेछ । तपाइले सुरुमा कुनै कलमा इग्नोर थिच्नु भएपनि पछि त्यसमा सजिलै जोडिन सकिन्छ ।

ह्वाट्सएपले पनि आफ्नो भिडियो कल अरु भिडियो कन्फेरेन्सिङ एपसँगै प्रतिस्पर्धा गर्ने खोजेको बताइएको छ । यो फिचरले धेरैलाई ह्वाट्सएपबाट पनि काम गर्न सहज बनाउने कम्पनीको विश्वास रहेको छ ।