सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले साउन ६ गते बुधबारबाट अनिवार्य अवकाश पाउने भएका छन् ।
निजामती किताबखानाका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव बस्यालले भोलिदेखि अनिवार्य अवकाश पाउँदैछन् ।
गत साउनमा उनी सञ्चार मन्त्रालयको सचिवमा नियुक्त भएका थिए । सञ्चार मन्त्रालय रहदा बस्यालले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्यवन गर्न पहल गरेका थिए ।
उनी साइबर सेक्युरिटी पोलिसी ल्याउन र अन्य नीतिगत सुधारमा लागेको थिए । उनकै कार्यकालमा क्लिक फिड लागु भएको थियो ।
सञ्चार मन्त्रालयमा आउनुअघि बस्याल गण्डकी प्रदेशको मूख्यमन्त्री कार्यालयका प्रमूख सचिव थिए । स्थायी घर पाल्पा भएका उनीसँग कुटनीतिको पनि अनुभव रहेको छ ।
चीनको लासामा महावाणिज्य दुतका रुपमा काम गरिसकेका बस्यालले इमान्दार र मेहनती सचिवका रुपमा आफ्नो छवी बनाएका छन् ।