जूमले फाइभ नाइन नामक क्लाउड कल सेन्टर कम्पनीलाई १४.७ बिलियन डलरमा खरिद गर्ने भएको छ । कोरोना महामारीको समयमा चर्चामा आएको जूमले फाइभ नाइनलाई अधिग्रहण गर्ने भएको हो ।
जुमको यसअघि पनि प्रविधि थियो । अब यो सम्झौतासँगै जूमको २४ बिलियन डलरको कल सेन्टर प्रविधि भएको छ । यो सम्झौता पूर्ण भएपछि फाइभ नाइनलाई जूमले अपरेटिङ यूनिटको रुपमा प्रयोग गर्नेछ ।
फाइभ नाइन २० वर्ष पुरानो कम्पनी हो र यो कम्पनीका विश्वभर २ हजार ग्राहक रहेका छन् । वार्षिक रुपमा फाइभ नाइनले एक मिनेटमा ७ बिलियन कल प्रोसेस गर्ने गर्दछ ।
जूमले आफू फाइभ नाइनको लामो समयदेखि ग्राहक रहेको पनि बताएको छ । यो अधिग्रहणले दुवै कम्पनीको ग्राहकलाई खासै फरक नपार्ने जनाइएको छ ।