अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो ब्लु ओरिजिनको नयाँ सेपहर्डमा बसेर अन्तरिक्ष यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनी दश मिनेटको अन्तरिक्ष यात्रामा गएका थिए ।
पाईलट बिनाको यो पहिलो सब अबिर्टल उडान रहेको थियो । यो उडानमा बेजोसका भाई मार्क, सन् १९६० मा प्रशिक्षण पाएकी पूर्व परिक्षण पाईलट र अहिलेसम्मकै अन्तरिक्ष पुग्ने सबैभन्दा जेष्ठ नागरिक ८२ वर्षीया व्याली फकं, र सबैभन्दा कान्छो अन्तरिक्ष यात्री १८ वर्षीय डच ओलिभर डाईमेन गएका थिए ।
आफ्नो अन्तरिक्ष यात्रा पछि उनले हाम्रो उद्यम, वातावरण नष्ट गर्ने खालको कारखानालाई अन्तरीक्षमा स्थापना गर्नुपर्ने र पृथ्वीलाई सुन्दर ग्रहको रुपमा रहन दिनुपर्ने बताएका छन् । यो यात्राले उनलाई वातावरणको सुरक्षामा अझै जागरुक बनाएको र त्यसमा आफूले सकेजति काम गर्ने बताएका छन् ।
उनीले यात्रामा कार्मान लाइनलाई सम्म पुगेका थिए र स्पेसक्राफ्टका यात्रीहरुले कुल ४ मिनेट तौलमुक्त भएको अनुभव गरेका थिए । कार्मान लाइन (अन्तरिक्षको सिमा) हो जुन ६२ माइलमा रहेको छ । उनीले आउँदो दशकमा ब्लु ओरिजिनको पर्यटन व्यवसायलाई विस्स्तार गर्दै लैजाने योजना रहेको पन खुलाएका छन् ।
उनीले अन्तरीक्षबाट हाम्रो पृथ्वी अत्यन्तै सुन्दर देखिने पनि खुलाएका छन् । उनको यो यात्रा अमेजनका कर्मचारी र अमेजनका ग्राहकको पैसाले मात्रै सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
केही दिन अघि मात्रै ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन पनि आफ्नो कम्पनी भर्जिन ग्यालाक्टीकको स्पेसशीप टू युनिटीमा बसेर मिशन विशेषज्ञको रुपमा जुलाई ११ मा अन्तरिक्ष गएका थिए ।