कीवर्डहरू -

डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन 

डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन 

आषाढ २१ गते  डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको वैठकले श्री देवी प्रकाश भट्टचनज्यूले अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा स्वीकृत गरि सुदिप आचार्यलाइ संचालकमा नियुक्ति गरेको छ ।


साथैै सोही वैठकले सुदिप आचार्यलाई संचालकमा नियुक्त गरेको छ । संचालकहरुको सर्व सम्मतिमा संचालक श्री हेमराज ढकाललाई संचालक समितिको अध्यक्षमा र सञ्चालक श्री सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ ।


अध्यक्ष श्री हेमराज ढकाल क्ष्ःभ् समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसंग आवद्ध हुन् भने प्रवन्ध निर्देशक श्री सुदिप आचार्य सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमीे हुन् ।


सन् २००९ मा स्थापना भएको डिश मिडिया (Dish TV) नेटवर्क लिमिटेड नेपालको Pay TV Industry मा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ ।