कीवर्डहरू -

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने 

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने 

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले अनालइनबाटै उद्योग दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको हो ।

हाल विभागले अनलाइन प्रणालीको विकास गर्दै छ । चालु आर्थिक वर्षभित्रै यो प्रणाली सञ्चालनमा आउने छ ।

अनलाइन प्रणाली विकास भएपछि कागजात बोकेर उद्योग विभागमा गएर दर्ता गर्ने परिपाटीको अन्त्य हुनेछ । अनलाइन प्रणाली विकास गर्न विभागले टेन्डर गरिसकेको छ ।

अनलाइन प्रणालीबाट घरमै बसेर दर्ताका साथै प्रमाणपत्र पनि पाउन सकिने छ । विभागले विदेशी लगानीको स्वीकृति, उद्योग दर्ता जस्ता विषयलाई अटोमेसनमा लान खोजेको छ ।