टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने भएको छ । टेस्लाका सीईओ एलन मस्कले यो वर्ष देखि आफ्नो सुपर चार्जर अरु विद्युतीय गाडीका लागि पनि खोल्ने बताएका हुन् ।
सुपर चार्जर सन् २०२१ को अन्त्य सम्ममा अरु कम्पनीका लागि पनि उपलब्ध हुने भएको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यो कुराको जानकारी आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट सार्वजनिक गरेका थिए ।
मस्कले लामो समयदेख यो कुरा सम्भव पार्नका लागि प्रयास गरिरहेका थिए । सिएनबीसीका अनुसार केही ब्राण्डले गत वर्ष देखिनै टेस्लाको सुपर चार्जरको पहुँच पाईरहेका छन् ।
ईलेक्ट्रेकका अनुसार टेस्लाले नर्वेमा प्रशासनसँग यस सन्दर्भमा कुराकानी सुरु पनि गरिसकेको छ । त्यस्तै जमर्नीको यातायात मन्त्रीले पनि टेस्लासँग यस बारे छलफल गरिरहेको खुलाएको छ ।
ट्वीटमा मस्कले धेरै विस्तृत रुपमा विवरण दिएका छैनन् । तर यो विस्तारै सबै देशका लागि उपलब्ध हुने उनीले बताएका छन् ।