कीवर्डहरू -

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, अनलाइन भुक्तानी गर्दा २४ प्रतिशतसम्म क्यासब्याक

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, अनलाइन भुक्तानी गर्दा २४ प्रतिशतसम्म क्यासब्याक

एनआईसी एशिया बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४ वार्षिकोत्सवको अवसरमा २४ प्रतिशतसम्म क्यासब्याक योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई-कमर्समा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक प्राप्त गर्न सकिने छ ।

वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एन आईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १ हजार रूपैयाँ ग्राहकले पाउने छन् ।

डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको बैंकले यसलाई थप विस्तारित बनाउँदै हामीले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको जनाएको छ ।

२४ वर्षसम्ममा आइपुग्दा बैंकले ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।