कीवर्डहरू -

दराजबाट सामसङको ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने, कति छ मूल्य ? 

दराजबाट सामसङको ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने, कति छ मूल्य ? 

दराजबाट सामसङ ग्यालेक्सी एफ २२ प्रि-बुकिङ गर्न सकिने भएको छ । सामसङ नेपालले दराजसँगको साझेदारीमा ग्यालेक्सी एफ २२ को प्रि बुकिङ्ग शुरु गरेको हो ।

ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसङको एफ सिरिज नेपालमा पहिलो पटक भित्रिँदै छ । सामसङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडिया टेक हिलियो जी ८० प्रोसेसर राखिएको छ ।

यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ । ग्यालेक्सी एफ २२ मा ६.४ एचडी डिस्प्ले इन्फिनिटी यु सुपर आमोलेड डिस्प्ले रहेको छ । जसलाई कोर्निङ गोरिल्ला ग्लास  ५ ले सुरक्षित गरिएको छ ।

यसैगरी ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान युआई कोर ३१ मा चल्छ  । फोनको छेउमा फिंगरप्रिन्ट स्क्यानर र फेस अनलक फिचर उपलब्ध छ ।

ग्यालेक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ एमपी वाइड क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी डेप्थ क्यामेरा छन् । साथै यसमा एलईडी फ्ल्याश, प्यानारोमा र एचडीआर जस्ता अन्य फिचर पनि छन् ।

ग्राहकले एक वर्षको ब्रान्ड वारेन्टी, १४ दिन रिटर्न पोलिसीसँग दराजबाट यो फोन प्रि बुक गरी अर्डर गर्न सक्नेछन् ।
४ जीबी र्याम र ६४ जीबी स्टोरेज र ६ जीबी र्याम र १२ जीबी स्टोरेज गरी ग्यालेक्सी एफ २२ दुईवटा भेरियेन्टमा उपलब्ध छ ।

४ जीबी र्‍याम भएको फोनको मूल्य २० हजार ४९९ रूपैयाँ रहेको छ भने ६ जीबी र्‍याम भएको फोनको मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।