कीवर्डहरू -

क्लबहाउस अब इन्भाइट बिना पनि चलाउन सकिने

क्लबहाउस अब इन्भाइट बिना पनि चलाउन सकिने

क्लबहाउस अब इन्भाइट बिना नै चलाउन मिल्ने भएको छ । क्लबहाउसका सह-संस्थापक पाउल ड्याभिसन र रोहन सेठले अबदेखि यो एप इन्भाइट ओनली प्रणालीको नरहेको घोषणा गरेका हुन् ।

यससँगै क्लबहाउसले अडियो च्याट रुम अब सबै प्रयोगकर्ताका लागि खुल्ला गरेको छ । अब प्रयोगकर्ताहरु वेटलिस्टका लागि पर्खनु पर्दैन् ।

वेटलिस्टमा करिब १० मिलियन मान्छेहरु रहेको र उनीहरुलाई विस्तारै एपमा जोड्ने सह संस्थापकहरूले बताएका छन् ।

एपको सुरुवाती समयदेखिनै यो फिचर एपमा रहँदै आएको छ । त्यस्तै मेसेज प्रणाली आएदेखि पनि पहिलो दिनमा १० मिलियन मेसेज र एक हप्तामानै ९० मिलियन मेसेजहरु आदानप्रदान भईसकेका छन् ।